चितवन विशेष
रोटरीले बनाइदिएको पिउने पानी परियोजना बालकुमारी माविलाई हस्तान्तरण

भरतपुर, भदौ २५-
नारायणगढ रोटरी क्लब तथा स्पाउज क्लब अफ आरसी नारायणगढले आज एक कार्यक्रम बिच रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२, नेपाल–भुटानका डिष्ट्रिक्ट गभर्नर प्रोफेसर डाक्टर ईश्वरीप्रसाद ढकालको प्रमुख आतिथ्यतामा बालकुमारी माध्यमिक विद्यालय, नारायणगढमा संयुक्तरूपमा निर्माण गरेको शुद्ध पिउने पानी परियोजनाको हस्तान्तरण गरिएकोछ ।
कार्यक्रम क्लबका अध्यक्ष रामप्रसाद गजुरेलको सभापतित्वमा सम्पन्न भएको थियो । विद्यालयमा विद्यार्थी एवम् शिक्षक तथा कर्मचारीहरूलाई शुद्ध खानेपानी व्यवस्थापन गर्न सकेकोमा खुसी व्यक्त गर्दै आगामी दिनहरूमा पनि विद्यालयलाई आवश्यक सहयोगहरू उपलब्ध गराउने अध्यक्ष गजुरेलले बताए ।
कार्यक्रममा मन्तव्य दिँदै ढकालले डिष्ट्रिक्टको लक्ष्य अनुरुप नारायणगढ रोटरी क्लबले विद्यार्थीहरूको स्वास्थ्यमा विशेष ध्यान पु¥याएकोमा खुसी हुँदै आभार व्यक्त गरे । विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य राखेका थिए ।
क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले विद्यालयमा निर्माण गरिएको उक्त शु्द्ध खानेपानी परियोजनाको बारेमा जानकारी गराएका थिए । त्यसैगरी दाताहरूको तर्फबाट पूर्व प्रधानाध्यापक सरस्वती रिजालले मन्तव्य राखेका थिए ।
कार्यक्रममा मन्तव्यकै क्रममा स्पाउज क्लब अफ आरसी नारायणगढकी अध्यक्ष डा सुरक्षा श्रेष्ठले विद्यार्थीहरूको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने शुद्ध पिउने पानी परियोजनामा नारायणगढ रोटरी क्लबको सहयोगी संस्थाको रूपमा कार्य गर्न पाएकोमा क्लबको तर्फबाट खुसी व्यक्त गर्दै आगामी दिनहरूमा समयसापेक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
फुपु स्वर्गीय मायादेवी पियाको स्मृतिमा नारायणगढ निवासी आनन्द मल्ल पिया र शान्ति पियाबाट बालकुमारी माध्यमिक विद्यालयमा शुद्ध पिउने पानी परियोजनाको निर्माणमा सहयोग प्राप्त भएको थियो । साथै उक्त परियोजनालाई मूर्तरूप दिनको लागि सोही विद्यालयका पूर्व प्रधानाध्यापक सरस्वती रिजालकोसमेत सहयोग प्राप्त भएको थियो ।
उक्त परियोजनाको सहयोगी संस्थाहरूमा रोटर्याक्ट क्लब अफ नारायणगढ, रोटरी क्लब अफ पाटन साउथ र बालकुमारी अल्मुनाई एशोसियसन रहेको क्लबका पूर्व अध्यक्ष तथा कार्यक्रम सञ्चालक रमेश श्रेष्ठले जानकारी गराए ।
कार्यक्रमको संयोजकमा क्बलको तर्फबाट उपाध्यक्ष विकास सापकोटा र स्पाउज क्लब अफ आरसी नारायणगढको तर्फबाट अनुराधा पन्त रहेका थिए । परियोजना सफलताका साथ सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्न पाएकोमा नारायणगढ रोटरी क्लबका निवर्तमान अध्यक्ष सेवन पन्तले सबै सरोकार पक्षहरूलाई धन्यवाद ज्ञापन गरे।
कार्यक्रममा विद्यालयको तर्फबाट विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलगायत क्लबको तर्फबाट पूर्व अध्यक्षहरू रोहितकुमार श्रेष्ठ, सुसनलाल प्रधान, अनुकूल श्रेष्ठ, उपाध्यक्ष सङ्गीता गुरुङ र सदस्य कृष्णप्रसाद सुवेदीसमेत स्पाउज क्लबको तर्फबाट संस्थापक अध्यक्ष शान्ति उपाध्याय पौडेल, पूर्व अध्यक्षहरू सम्झना प्रधान, पूर्णिमा श्रेष्ठ, निवर्तमान अध्यक्ष दुर्गा श्रेष्ठ र सचिव अञ्जु प्रधानको उपस्थिति रहेको थियो ।
























