देश/प्रदेश

रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती

Banner

काठमाडौं, भदौ २४ –

भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ ।

बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्ग क्षतिग्रस्त भएका कारण रसुवा सदरमुकामसम्म यातायात पहुँच कायम गर्न वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ । तर उक्त मार्ग यात्रा गर्न अत्यन्तै कठिन बनेको छ ।

काठमाडौं, छहरे, बाहुनबेंसी, सरमथली, भोर्ले, ल्याचाङ हुँदै कालिकास्थानबाट धुन्चे पुग्ने बैकल्पिक मार्गमा सवारीको चाप र हिलोका कारण आवात जावात गर्ने सवारी साधन र यात्रा गर्ने मानिसहरुलाई हिन्नलाई कठिन भइरहेको छ ।

हाल रसुवा जानका लागि फेदीबेंसी चोक–हिरामुनिटार–चोगते–बोरे भञ्ज्याङ–सानो खोला–धनस्वारा–पाटिखर्क प्रयोग हुँदै आएको छ । साथै फर्कनका लागि पाटीखर्क–लच्याङ–नर्जा–आप्र–बाहुनबेसी–चौघडा पुल हुँदै यातायात संचालन भइरहेको छन् ।

उक्त बाटोमा सवारी चाप र साँघुरो भएका कारण गतव्यमा पुग्न निकै सास्ती छ । साँघुरो बाटोका कारण दुईतर्फी सवारी आवत जावतमा समस्या छ । कच्चीबाटो पानी परेका कारण हिलाम्य छ । यसैक्रममा नौकुण्ड गाउँपालिका–४ का स्थानीय गणेश न्यैपानेले गाउँ जाने सडकको अवस्था अत्यन्तै दयनीय रहेको बताएका छन् । सडकमा ग्राभेल तथा ढुङ्गा हालिए पनि वर्षाका कारण हिलोमा दबिँदा आवतजावतमा समस्या भएको उनले बताए ।

न्यैपानेका अनुसार उनी त्रिशूलीबाट बिहान ४ बजे हिँडेर सामान गाउँ पु¥याउन गएको र भोलिपल्ट बेलुका सामान झारेर फर्किएपछि पक्की सडकमा बसेका थिए । त्यसपछि कच्ची सडकमा ढुङ्गा हाल्दै बिस्तारै घरतर्फ फर्किरहेको उनले बताए ।

‘म त्रिशूलीबाट अस्ति बिहान चार बजे राति हिँडेको, बल्ल९बल्ल हिजो बेलुका सामान झारेर अनि फर्केर आएर त्यो पक्कीमा बसेँ । अनि अहिले यो कच्चीमा ढुङ्गा हालेर बिस्तारै आइरहेको छु,’ न्यैपानेले भने, ‘आफैँले हालेँ त नि । पालिकाले पनि गरेको छ भन्छ । तर अलिअलि यो कता हो कता भइराख्या छ ।’

उनका अनुसार सडकमा ग्राभेल हालिए पनि धेरै गाडी गुड्दा हिलोमा ग्राभेल दबिने गरेको छ । जसका कारण सडक झनै बिग्रिँदै गएको र पैदल तथा सवारीसाधनबाट यात्रा गर्नसमेत कठिन भएको उनले बताए ।

‘धेरै गाडी हिँडेपछि हिलोमा दबिन्छ ग्राभेल हालेको । कहाँ के हुनु १ असम्भव भइरहेको छ हिँड्न यो बाटो,’ न्यैपानेले भने । बाढीले मितेरीपुल यता रसुवाभित्र मात्र १३ वटा पुल पूर्ण रुपमा बगाएको छ । नुवाकोट र रसुवा सीमानाका दुई पुल समेत बगेसँगै यो जिल्ला सडक सञ्जालबाट विच्छेद भएको थियो । न्यूज बैंक्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>