देश/प्रदेश
धनकुटा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा बस्नेत

धनकुटा, भदौ २२-
नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको अध्यक्षमा ओमबहादुर बस्नेत ९रमेश० निर्वाचित हुनुभएको छ । महालक्ष्मी कन्स्ट्रक्सनका सञ्चालक बस्नेतले ४८ मत प्राप्त गर्दै अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी एवाई कन्स्ट्रक्सनका यज्ञबहादुर राईले ३३ मत प्राप्त गर्नुभएको थियो । अध्यक्ष पदमा बस्नेत १५ मतको अन्तरले विजयी हुनुभएको हो । सङ्घको प्रथम उपाध्यक्षमा दिल निर्माण सेवाका दिलकुमार राई निर्वाचित हुनुभएको छ । उहाँले ४९ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी अस्मी एन्ड अमिसा कन्स्ट्रक्सनका मनोजकुमार राईले ३३ मत प्राप्त गर्नुभयो ।
त्यस्तै, द्वितीय उपाध्यक्षमा साइमन कन्स्ट्रक्सन प्रालिका सरन तामाङ निर्वाचित हुनुभएको छ । उहाँले ४८ मत ल्याउँदा प्रतिस्पर्धी श्याम कन्स्ट्रक्सनका गणेश गुरुङले ३३ मत पाउनुभयो ।
सङ्घको महासचिवमा इष्ट विएन कन्स्ट्रक्सनका बलबहादुर राई र सचिवमा कास्टिङ कन्स्ट्रक्सनका चन्द्रसिंह लिम्बू निर्विरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै सहकोषाध्यक्षमा विवी कन्स्ट्रक्सनका दिनेश राई पनि निर्विरोध निर्वाचित हुनुभएको छ ।
कोषाध्यक्ष पदमा राई निर्माण सेवाका सुवास राई ५६ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी टी एन्ड टी बन्धु कन्स्ट्रक्सनका टङ्कबहादुर कार्कीले २५ मत प्राप्त गर्नुभयो ।
सङ्घको नयाँ कार्यसमितिको सदस्यमा अविनाश श्रेष्ठ, विष्णु पौडेल, राजकुमार कार्की, लक्ष्मण विश्वकर्मा, सुवन श्रेष्ठ, सुवास तामाङ र सुन्दर तामाङ निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक खगेन्द्रप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेका अनुसार १४ सदस्यीय नयाँ कार्यसमिति चयन भएकामा चार पदमा मतदानबाट र बाँकी पदमा निर्विरोध नेतृत्व चयन भएको हो ।
नेपाल निर्माण व्यवसायी सङ्घ धनकुटाको १८औँ साधारणसभा तथा ११औँ अधिवेशन शनिबार सुरु भएर आइतबार राति मतदानसँगै मतगणना भएर सम्पन्न भएको हो । रासस























