देश/प्रदेश
सुनसरीमा चट्याङ लागेर एक युवकको मृत्यु
०

सुनसरी, भदौ २२-
सुनसरीको कोशी गाउँपालिका-६ लाही टोलका एक युवकको आज बिहान चट्याङ लागेर मृत्यु भएको छ ।
कोशी गाउँपालिका-६ का २६ वर्षीय पप्पु यादव आज बिहान भैँसी चराउन गएकाबेला पानीसँगै परेको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको सशस्त्र प्रहरी बल नेपाल नं ४ गण हेडक्वाटर सुनसरीका प्रमुख शसस्त्र प्रहरी उपरीक्षक लवकुमार सापकोटाले जानकारी दिनुभयो ।
मृतक यादवको शव पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल इनरुवा पठाइएको छ भने घटना सम्बनधमा थप अनुसन्धान भइरहेको प्रमुख सापकोटाले बताउनुभयो । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























