देश/प्रदेश

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८९८ जनालाई कारबाही

Banner

काठमाडौं,भदौ २२-

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८९८ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।

मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने ८०, सिसिटिभिमार्फत ८१, रातोबत्तीमा ४६ जना चालकलाई कारबाही गरिएको छ ।

यसैगरी, तीव्रगतिमा ११८, हर्न निषेधमा ३७, लेन क्रसमा १२, अवस्था ठिक नभएको २०, एकतर्फीमा ४ र अन्यमा ५०० जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>