देश/प्रदेश

बाढीमा परी दिवङ्गत भएकाहरूको चिरशान्तिको कामना गर्दै शान्ति र्‍याली

Banner

बागमती, भदौ २० –

हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले भोटेकोशीमा आएको बाढीका कारण रसुुवा, नुवाकोट, धादिङलगायत स्थानमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज हेटौँडामा शान्ति र्‍याली गरेको छ ।

संस्थाको पाँचौँ साधारणसभासमेतको अवसर पारी हेटौँडा उपमहानगरपालिका९४ स्थित भुुवनेश्वर पशुपति मन्दिरबाट सुरु भएको शान्ति र्‍याली फोरेष्ट्री गेट, मेनरोड, बुद्ध चोक, नगरपालिका रोड, मनकामना चोक, भैरव रोड हुँदै पुनः भुवनेश्र पशुपति मन्दिर पुगी सभामा परिणत भएको थियो ।

प्राकृतिक विपद्मा परी दिवङ्गत हुनुभएका व्यक्तिहरूको आत्मा चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका साथै सम्पर्कविहीन हुनुभएका व्यक्तिहरूको सकुशल परिवारसँगको मिलनको कामना गर्दै शान्ति र्‍याली आयोजना गरिएको हिमालय राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।

कार्यक्रममा भुवनेश्वर पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पाण्डे, रमेशबहादुर कोइराला लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुुभएको थियो । उक्त अवसरमा संस्थामा आबद्ध दश जना व्यक्तिलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>