देश/प्रदेश

पर्सामा ११४ किलो २५ ग्राम गाँजासहित एक जना पक्राउ

Banner

पर्सा, भदौ २०-

पर्साको पकहामैनपुर गाउँपालिकाबाट प्रहरीले ११४ किलो २५ ग्राम लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

शुक्रबार राति करिब ८ः४५ बजे प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको संयुक्त प्रहरी टोलीले पकहामैनपुर गाउँपालिका–१, धोरेस्थित तिलाईपुल–भिष्वा सडकखण्डमा सवारी साधन चेकजाँच गरेको थियो ।

प्रहरीका अनुसार तिलाईपुलबाट धोरेतर्फ आउँदै गरेको बा १८ च ३६५७ नम्बरको सेतो रङको निशान कारलाई रोकेर जाँच गर्ने क्रममा कारको पछाडिको डिकीमा प्लाष्टिकको डोरीले बाँधेर राखिएका १२ वटा पोका फेला परेका थिए ।

ती पोकाहरू खोलेर जाँच गर्दा प्लाष्टिकसहित कुल ११४ किलो २५ ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

गाँजासहित प्रहरीले उक्त कार नियन्त्रणमा लिई धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ का २१ वर्षीय साजन चेपाङलाई पक्राउ गरेको छ ।

बरामद लागुऔषध, कार र पक्राउ परेका चेपाङलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>