देश/प्रदेश
बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार
०

काठमाडौँ, भदौ १९-
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म १३ हजार ९३ जनाको उद्धार गरिएको हो ।
प्राधिकरणका अनुसार हालसम्म एक हजार २८७ जनाको शव सङ्कलन गरिएको छ भने पाँच हजार ८३ अझै सम्पर्कविहीन हुनुहुन्छ ।
हाल विभिन्न अस्पतालमा पाँच हजार ३९७ जनाको उपचार भइरहेको छ । हाल नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा चार हजार ५२१ जनालाई राखिएको छ । प्रभावित क्षेत्रमा २१ हजार ४२१ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























