चितवन विशेष

नेपाल ह्याचरी उद्योग संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग

Banner

चितवन, भदौ १८-
नेपाल ह्याचरी उद्योग संघले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १० लाख सहयोग गरेको छ । रसुवा बाढी प्रभावितको राहतका लागि संघले कोषमा सहयोग गरेको हो ।
संघका अध्यक्ष राजेन्द्र लामिछानेले रसुवा बाढीपछि राहत र उद्धारका लागि सरकारले आर्थिक सहयोगको आह्वान गरेपछि संघले रु. १० लाख सहयोग गरेको बताउनुभयो । बुधबार चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, धादिङ, नुवाकोट, गोरखा लगायतका जिल्लामा भएको अकल्पनीय मानवीय र भौतिक क्षतिप्रति अध्यक्ष पोखरेलले दुःख व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “हामी नेपालको इतिहासमै त्रासदीपूर्ण घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्दछौं ।”
संघले भूकम्प लगायतका प्राकृतिक विपत्तीहरुमा सहयोग गर्दै आएको चर्चा गर्दै अध्यक्ष लामिछानेले व्यवसायसँग राष्ट्रका लागि परेको विपत्तीमा थोरै भएपनि संघले सहयोग गरेको बताउनुभयो । त्यसै गरि संघका उपाध्यक्ष ज्ञानवहादुर बिसुरालले बाढीवाट अहिले सम्म १ हजार पाच सयको हारहारीमा मानिसहरुको अकल्पनीय निधन भएको छ त्यसै गरि करिब ५००० मानिसहरु सम्पर्क विहिन हुनु भएको छ भने, पचासौ हजारौ मानिसहरु घरबार विहिन हुनु भएको छ । त्यसै गरि हजारौ मानिस घाइते अंगभग भएको अवस्था छ भने सयौ पोल्ट्री व्यवसायहरु बढीले बगाउदा करोडौ रुपैयाको आर्थिक क्षति भएको छ ।
बढी पहिरो वाट प्रत्यक्ष प्रभावितहरुको उद्धार, घाइतेहरुको उपचार, घरबार विहिनहरुको बासस्थान र खानापानको व्यवस्था, विस्थापित व्यवसायीहरुका समस्या सम्बोधनका लागि राज्यको प्रमुख अभिभारामा सहयोग पुरयाउन स्वदेश तथा विदेशवाट सहयोग भइरहेको अवस्थामा नेपाल ह्याचरी उद्योग संघले पनि सहयोग गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>