देश/प्रदेश

ओमसतियाद्वारा बाढी प्रभावितका लागि रु २४ लाख सहयोग

Banner

भैरहवा, भदौ १८-

भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले रु २४ लाख १७ हजार ९०० सहयोग गरेको छ ।

गाउँपालिकाका जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारी एवं सामुदायिक विद्यालयका शिक्षकको पारिश्रमिकबाट सङ्कलन भएको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको अध्यक्ष मञ्जित यादवले जानकारी दिनुभयो ।

यसैबीच, ओमसतिया गाउँपालिकाले रसुवा बाढीबाट ज्यान गुमाएकाको आत्माको चिरशान्तिको कामना, शोकसन्तप्त परिवारजनमा समवेदना र घाइतेको सिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>