समाचार

रसुवा बाढीपीडितको सहयोगार्थ फोर्ब्स कलेजमा रक्तदान कार्यक्रम सम्पन्न, ५० जनाले गरे रक्तदान

Banner

भरतपुर, भदाै १६-

रसुवामा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ भरतपुर–२, क्षेत्रपुरस्थित फोर्ब्स कलेजले आज रक्तदान कार्यक्रम आयोजना गरेको छ। “For Humanity, For Rasuwa” भन्ने मूल भावनाका साथ आयोजित कार्यक्रममा विद्यार्थी, शिक्षक, कर्मचारी तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा ५० जना रक्तदाताले रक्तदान गरेका छन्। विपद्का समयमा घाइते तथा बिरामीहरूको उपचारका लागि रगतको आवश्यकता पर्न सक्ने भएकाले मानवीय सेवाको भावनासहित रक्तदान कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपल हरिशरण पाठकले जानकारी दिए ।

कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदानमार्फत विपद्मा परेका नागरिकको जीवन रक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। कलेजले रक्तदानलाई केवल सामाजिक सेवा मात्र नभई संकटको समयमा एकअर्काप्रति ऐक्यबद्धता र मानवीय संवेदना प्रस्तुत गर्ने माध्यमका रूपमा लिएको जनाएको छ।

रसुवा बाढीपहिरोबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै आयोजित कार्यक्रमले “रक्तदान गरौँ, जीवन बचाऔँ” भन्ने सकारात्मक सन्देशसमेत प्रवाह गरेको छ। फोर्ब्स कलेजले आगामी दिनमा पनि शिक्षा सँगसँगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सेवामूलक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>