Breaking News

रसुवाको बाढीः चितवनमा हालसम्म ५३ शव फेला

Banner

चितवन, भदौ १०–

रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट आएको बाढीका कारण हजारौं मानिस बेपत्ता भएका छन् ।

रसुवाबाट दिउँसो बाढी चितवन आइपुगेपछि चितवनमा शव फेला पर्न थालेको छ । राति ८ः३० बजेको समय सम्ममा चितवनमा मात्रै ५३ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले नारायणी अनलाइनलाई जानकारी दिए । ‘शव फेला पर्ने क्रम जारी छ, हामी शव व्यवस्थापनमा लागि परेका छौं’–प्रहरी प्रमुख पौडेलले भने ।

चितवनमा नारायणगढ क्षेत्रबाट ३७ वटा शव फेला परेको छ भने फिस्लिङदेखि मुग्लिनसम्ममा १६ जना गरि ५३ जनाको शव फेला परेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>