प्रवास
झारखंडमा भीषण सडक दुर्घटनाः चार बालबालिकासहित १३ जनाको मृत्यु

झारखंड, मंसिर १३ –
भारतको झारखंडस्थित रामगढ जिल्लामा राँची–पटना राजमार्ग(एनएच–३३)मा भएको भीषण सडक दुर्घटनामा चार बालबालिकासहित १३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।
आइतबार बिहान करिब २ बजे बिहारको नालन्दा जिल्लाबाट आएको स्कर्पियो गाडी रामगढको कुजू प्रहरी चौकी क्षेत्रअन्तर्गत पैंकीमा दुर्घटनामा परेको हो। गाडीमा १४ जना सवार थिए।
मृत्यु हुनेमा चार महिला र चार बालबालिका पनि छन्। सबै बिहारको नालन्दा जिल्लास्थित जंघारो गाउँका बासिन्दा थिए। उनीहरू रजरप्पास्थित माँ छिन्नमस्तिका मन्दिरमा पूजाआजा गर्न जाँदै थिए।
रामगढ सदर अस्पतालका सिभिल सर्जन अनिल कुमारका अनुसार दुर्घटनामा घाइते भएका एक जनाको उपचार भइरहेको छ।
दुर्घटनापछि स्थानीय बासिन्दा घटनास्थलमा पुगेर उद्धारमा जुटेका थिए। उनीहरूले क्षतिग्रस्त गाडीबाट यात्रु निकाल्न र घाइतेलाई अस्पताल पुर्याउन सहयोग गरेका थिए। प्रहरी पनि घटनास्थल पुगेर उद्धार तथा अनुसन्धान थालेको छ। दुर्घटना के कारणले भयो भन्ने खुल्न सकेको छैन। एजेन्सी
























