प्रवास
मानिसको चालढालसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउने चीनको रोबोट
०

काठमाडौं, मंसिर १३ –
चीनको रोबोट निर्माता कम्पनी युनिट्री रोबोटिक्सले मानिसको शारीरिक गतिविधिको नक्कल गर्न सक्ने अत्याधुनिक रोबोट सार्वजनिक गरेको छ ।
यो रोबोटले मानव सञ्चालकको शरीरको चालढाललाई वास्तविक समयमा पछ्याउँदै लगभग तत्काल प्रतिक्रिया दिन सक्छ । कम्पनीका अनुसार रोबोटले मानिसको गतिविधिसँग ९९.८ प्रतिशतसम्म तालमेल मिलाउन सक्छ । मानिसले गर्ने विभिन्न शारीरिक गतिविधि र हाउभाउलाई एकै समयमा नक्कल गर्न सक्ने यस प्रविधिलाई रोबोटिक्स क्षेत्रमा भएको पछिल्लो प्रगतिका रूपमा हेरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























