देश/प्रदेश

तिब्बती भाषाको टेलिभिजनले थाल्यो नेटटीभी मार्फत् नेपालमा नियमित प्रशारण

Banner

काठमाडौं, भदौ ९-
चीनबाट सञ्चालित तिब्बती भाषाको टेलिभिजनले नेपालमा नेट टिभी मार्फत् आधिकारिक रुपमा प्रशारण सुरु गरेको छ। हिमालय टेलिभिजनको सहकार्यमा नेपालमा सिमित कार्यक्रम प्रशारण गर्दै आएको खाङ्बा टिभीले नेट टिभि मार्फत् नेपालमा नियमित प्रशारण सुरु गरेको हो।
चिनियाँ भाषा सँगैसँगै तिब्बती भाषामा हिमालय क्षेत्रको भाषा साहित्य र संस्कृतिक तिब्बतको स्थानीय तथा पश्चिम चीनको विकास सम्बन्धित कनर्यक्रम सञ्चालित गर्दै आएको खाङ्बा टिभीले नेपालमा नियमित प्रशारण थालेसँगै दुइ देशबीचको सांस्कृतिक आदनप्रदानमा सहयोग पुग्ने टेलिभिजनले जारि गरेको वक्तव्यमा उल्लेख छ।
“नेट टीभीमा खाङ्बा टिभी नेट टिभी मार्फत प्रशारण भएसँगै नेपाली दर्शकले उच्च गुणस्तरीय अन्तरदेशीय श्रव्यदृश्य सामाग्री तथा सचना प्राप्त गर्नेछन” वक्तव्यमा भनिएको छ, “यसले दुई देशका जनातबीचको सम्बनधलाई मजबुत बनाउनुका साथै नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई मजबुत बनाउन टेवा पुग्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>