स्वास्थ्य
नेपालगञ्जमा एचआइभीका नयाँ रोगी पहिचान
०

नेपालगञ्ज (बाँके), भदौ ८-
भेरी अस्पताल, नेपालगञ्जमा एचआइभीका नयाँ रोगी फेला परेका छन् । आर्थिक वर्ष २०८२/८३ को अन्त्यमा एचआइभी परीक्षण गर्दा ८३ नयाँ रोगी पुष्टि भएको हो । त्यस वर्ष सात हजार ८०५ जनाको एचआइभी परीक्षण गरिएको थियो ।
अस्पतालका एचआइभी ‘फोकलपर्सन’ डा सङ्केतकुमार रिसालले सङ्क्रमितलाई शीघ्र एआरटी सेवा प्रदान गरिएको जानकारी दिनुभयो । अस्पतालले एचआइभी सङ्क्रमितको पहिचानसँगै उपचारमा निरन्तरता, सङ्क्रमण रोकथाम तथा आमाबाट शिशुमा सङ्क्रमण सर्ने सम्भावना न्यूनीकरणलाई प्राथमिकतामा राख्दै सेवा सञ्चालन गरिरहेको जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























