चितवन विशेष

अर्गानिक मिडियाको ‘भाइरल भोटे’ टेलिसिरियल युट्युबमा सार्वजनिक

Banner

चितवन, भदौ २-

अर्गानिक मिडियाको प्रस्तुतिमा निर्माण भएको नयाँ नेपाली टेलिसिरियल ‘भाइरल भोटे’ अर्गानिक मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ।टेलिसिरियलको पहिलो भाग भदौ १ गते पत्रकार सम्मेलनसहित आयोजित विशेष कार्यक्रममा कलाकार, सञ्चारकर्मी तथा अन्य अतिथिहरूको उपस्थितिमा प्रदर्शन गरी औपचारिक रूपमा प्रसारणको सुरुवात गरिएको हो।

चितवनका कलाकार विशाल श्रेष्ठ (धर्तीपुत्र) को लेखन तथा निर्माणमा तयार भएको टेलिसिरियलको निर्देशन पिताम्बर आचार्य (साधुराम) ले गरेका छन्। त्यस्तै, क्यामेरामा दिपक पौडेल तथा सम्पादन र नृत्य निर्देशनमा सुमित लामा रहेका छन्।

निर्माता तथा लेखक विशाल श्रेष्ठका अनुसार ‘भाइरल भोटे’का अधिकांश दृश्य चितवनका विभिन्न स्थानमा छायांकन गरिएको छ। कथाको आवश्यकता अनुसार केही दृश्य भने चितवनबाहिरका स्थानमा समेत छायांकन गरिएको उनले बताए।

चितवनको स्थानीय परिवेश, समाज र मौलिकतालाई समेत कथावस्तुसँग जोड्दै तयार पारिएको टेलिसिरियलले दर्शकलाई मनोरञ्जनसँगै विभिन्न सामाजिक विषयवस्तुसँग परिचित गराउने निर्माण पक्षको विश्वास छ।

‘भाइरल भोटे’ हरेक सोमबार साँझ ७ बजे अर्गानिक मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत नियमित प्रसारण हुनेछ। पहिलो भाग सार्वजनिक भएसँगै टेलिसिरियलप्रति दर्शकको चासोसमेत बढेको निर्माण पक्षले जनाएको छ।

स्थानीय कलाकार, प्राविधिक तथा चितवनकै विभिन्न स्थानलाई प्राथमिकता दिँदै निर्माण गरिएको ‘भाइरल भोटे’ले नेपाली टेलिसिरियलको क्षेत्रमा स्थानीय प्रतिभा र कथालाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>