चितवन विशेष

चितवनबाट झण्डै १२ सय विद्यार्थीले दिए सिम्याटको परीक्षा

Banner

चितवन, साउन २३-

चितवनबाट झण्डै १२ सय विद्यार्थीले शनिबार सिम्याटको परीक्षा दिएका छन् । चितवनको नौ वटा कलेजका एक हजार १९६ जना विद्यार्थीले सिम्याट परीक्षा दिएका हुन् ।

भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पसमा सिम्याटको परीक्षा भएको थियो । परीक्षामा विरेन्द्र क्याम्पस सहित सेन्ट्रल मोडल कलेज, आरम्भ कलेज, शहिद स्मृति क्याम्पस, इन्टरनेशनल कलेज, सप्तगण्डकी कलेज, चितवन कलेज अफ टेक्नोलोजी, लुम्बिनी आइसिटी कलेज र बालकुमारी कलेजका विद्यार्थी सहभागी थिए ।

त्रिभुवन विश्वविद्यालयद्वारा व्यवस्थापन संकाय अन्तर्गत स्नातक तहका कार्यक्रमहरू बिबिए, बिआइएम, बिएचएम र बिटिटिएम लगायतमा भर्ना हुनका लागि लिइने अनिवार्य प्रवेश परीक्षा हो सिम्याट। यस परीक्षामा अङ्ग्रेजी, मात्रात्मक क्षमता, तार्किक सोच र सामान्य ज्ञानबाट प्रश्नहरू सोधिन्छन्।

सिम्याट परीक्षा उत्तीर्ण गरेका विद्यार्थी उक्त विषय पढ्नका लागि योग्य हुनेछन् । साथै, यही रिजल्टको आधारमा विद्यार्थीले छात्रवृत्तिसमेत पाउने छन् ।

सिम्याट परीक्षामा गत वर्षभन्दा यसपटक करिब १५० जना बढी विद्यार्थी सहभागी भएको विरेन्द्र बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख डा प्रेमसागर भण्डारीले जानकारी दिए । उनका अनुसार विद्यार्थीले कुल १०० अंकमा सिम्याट परीक्षाबाट ९० र अन्तर्वार्ताबाट १० अंक प्राप्त गर्छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>