अर्थ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

Banner

काठमाडौँ, साउन १९ –

धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव १५ अङ्कले घटेर दुई हजार ६६३ दशमलव १८ अङ्कमा झरेको हो ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ६६ अङ्कले घटेर ४६७ दशमलव ९६ पुगेको छ । त्यस्तै फ्लोट सूचक एक दशमलव ४० अङ्कले घटेर १८३ दशमलव ३३ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक एक दशमलव आठ अङ्कले घटेर १५८ दशमलव ५७ मा पुगेको छ ।

आज विभिन्न कम्पनीका एक करोड सात लाख ६१ हजार ३९६ कित्ता सेयर रु चार अर्ब सात करोड आठ लाख ५३ हजार ६१० मा खरिद बिक्री भएको छ । आज १३ उपसमूहमध्ये १३ वटै उपसमूह घटेका छन् । आज ५९ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने २१३ कम्पनीको सेयर घटेको छ । साथै पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, खानीखोला हाइड्रोपावर कम्पनी, जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंक, केबिएल डिबेञ्चर, गुडविल फाइनान्स लिमिटेड डिबेञ्चरलगायत लगानीकर्ताले गुमाएका छन् । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>