चितवन विशेष

आमाबुवा गुमाएकी चितवन सिद्धीकी निरुतालाई ग्रीनल्याण्डले आवाससहित निःशुल्क पढाउने

Banner

चितवन, साउन १८-

सानैमा आमा बुवा गुमाएकी सिद्धीकी निरुता प्रजाले कक्षा ११ र १२ मा निःशुल्क विज्ञान बिषय पढ्न पाउने भएकी छन् । निरुतालाई ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले आवाससहित निःशुल्क पढाउने भएको हो ।

कालिका नगरपालिका १० सिद्धीकी निरुताले अब ग्रीनल्याण्डमा बायो साइन्स पढ्नेछिन् । स्कुलकी प्राचार्य ईन्दिरा कार्कीले निरुतालाई स्कुलले निःशुल्क पढाउने र व्यक्तिगत रुपमा आफूले निःशुल्क आवासको व्यवस्था गर्ने गरी जिम्मा लिएकी हुन् । आर्थिक अवस्था निकै कमजोर भएको कारण निरुतालाई स्कुलले निस्शुल्क पढाउने निर्णय गरेको प्राचार्य ईन्दिरा कार्कीले बताईन् ।

निरुताको आर्थिक अवस्था र परिवारमा घटेको अप्रिय घटना थाहा पाए लगत्तै उनलाई निस्शुल्क पढाउने निर्णय गरेको उनले बताईन् । संस्थागत विद्यालयहरु व्यवसायमुखी मात्रै भएको आरोप लाग्ने गरे पनि ग्रीनल्याण्डले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको कार्कीको भनाइ थियो ।

कक्षा ११ र १२ मा निःशुल्क पढ्न पाउने भएपछि निरुताले खुशी व्यक्त गरिन् । जन्म दिने आमा गुमाए पनि स्कुलकी प्राचार्य कार्कीलाई कर्म दिने आमाको रुपमा पाएको निरुताको भनाइ छ । स्कुलले गरेको सहयोग प्रति सधैं आभारी रहने र स्कुल र प्राचार्य कार्कीको शिर उच्च पार्न मेहेनत र लगनशिलताका साथ अध्ययन गर्ने उनले बताईन् ।

चेपाङ सिद्धी छात्राबासका संस्थापक अध्यक्ष भरत चेपाङले निरुतालाई आवाससहित निःशुल्क पढाउने ग्रीनल्याण्डको निर्णयले चेपाङ समुदायलाई नै खुशी बनाएको बताए । उनेल निरुताको जीवनमा स्कुल मन्दिर र प्राचार्य कार्की भगवानको रुपमा आएको भन्दै धन्यवाद व्यक्त गरे ।

निरुताले हालै मात्र श्री राष्ट्रिय मावि मजवाङबाट ३.१० जिपिएसहित एसईई उतिर्ण गरेकी हुन् । उनले सिद्धी स्थित चेपाङ सिद्धी छात्राबासमा बसेर एसईईसम्म अध्ययन गरेकी हुन् । निरुताले सानैमा आमा बुवा गुमाएकी थिईन् ।

स्कुलले यस अघि पनि सिद्धी छात्राबासमा बसेर श्री राष्ट्रिय मावि मजवाङबाट नै एसईई दिएका रामजी चेपाङलाई पनि कक्षा ११ र १२ मा निस्शुल्क आवासहित बायो साइन्स पढाएको थियो । रामजीले अहिले कक्षा १२ उतिर्ण गरिसकेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area