चितवन विशेष

चितवनमा अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउन प्रजिअ अर्यालको आग्रह

Banner

चितवन, साउन १८-

चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव भएमा प्रमुख जिल्ला अधिकारीको कार्यालयमा खबर गर्न सर्वसाधारण लाई आग्रह गरेको छ । एकल महिला, वृद्ध, अपाङ्ग, छात्रावासका विद्यार्थी, आश्रम तथा अत्यावश्यक ठाउँमा ग्यास उद्योगीले डिलर हुँदै सब डिलरमार्फत अप्ठेरोमा परेका व्यक्तिका घरमा खाना पकाउने (एलपी) ग्यास पुर्‍याउने व्यवस्था मिलाएको छ ।

आज जिल्ला प्रशासन कार्यालय र ग्यास उद्योगी तथा डिलरसँगको छलफलपछि उक्त व्यवस्था मिलाइएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अशक्त र अपाङ्गले ग्यास नपाएको खबर प्राप्त भएमा घरमा नै ग्यास पठाउने व्यवस्था गरिएको जानकारी दिनुभयो । व्यक्ति विशेषले समेत ग्यास नपाएमा टोल फ्री नम्बरमा फोन गर्न प्रशासनले अनुरोध गरेको छ ।

जिल्लामा बाबा, साइबाबा र नेपाल ग्यास उद्योग छ । गैँडाकोटमा रहेको जानकी ग्यासको बजार क्षेत्र चितवन हो । चारै उद्योगका सञ्चालकले पहिलेको तुलनामा ग्यास अभाव नहुने जानकारी दिएका छन् । बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले पहिलेको तुलनामा पर्याप्त ग्यास आएकाले बजारमा अभाव नहुने जानकारी दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

  • Advertisement area
  • Skip this

Advertisement area