चितवन विशेष
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण

चितवन, साउन १५-
पोल्ट्री व्यवसायीलाई बातावरणीय मूल्यांकन, व्यवस्थापन तथा अनुपालन सम्बन्धी अभिमूखीकरण कार्यक्रम गरिएको छ । नेपाल ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिको आयोजनामा आज यहाँ कार्यक्रमको आयोजना गरिएको हो ।
सो अबसरमा वातावरण विज्ञ युवराज ढकालले वातावरण संरक्षण ऐन २०७६ तथा नियमावली २०७७ र व्यवसायिक पंक्षी फार्म तथा ह्याचरी संचालन निर्देशिका २०७१ ले व्यवस्था गरेको कानुनी अवस्थाहरुको बारेमा जानकारी गराउनु भएको थियो । उद्योग व्यवसायसग सम्बन्धीत ऐन, नीति, नियम निर्देशिका, विधयक, प्रारम्भीक बातावरण परिक्षण प्रतिवेदनका लागि अपनाउनु पर्ने विधिहरु, आवश्यक कागजातहरु, फोहर व्यवस्थापन, स्वच्छ उत्पादन, फार्मको स्वःअनुगमन लगायतका बिबिध विषयहरुका बारेमा बिस्तृत रुपमा उहाँले प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रममा नेपाल ह्याचरी उद्योग संघका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले संघवाट भएका पहलहरु, व्यवसायिक पंन्छी फार्म तथा ह्याचरी संचालन निर्देशिका २०७१ ले गरेको प्रावधान कर्यान्वयनका लागि विभाग वाट आएका निर्देशनहरु, उक्त निर्देशिकामा सुधार गर्ने बारेमा भएका पहलहरु, व्यवसाय सञ्चालनका लागि प्रारम्भीक बातावरण परिक्षण प्रतिवेदनको भूमिका लगाएतका बारेमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा ह्याचरी उद्योग संघ बाग्मती प्रदेश समन्वय समितिका संयोजक ज्ञानवहादुर बिसुराल, शिब वराल लगाएतले बोल्नु भएको थियो । रासस

























