अटो

चितवनमा प्रोटोन इ.मास ५ सार्वजनिक, ग्राहकलाई पहिलो दिनदेखि नै डेलिभरी सुरु

Banner

चितवन, साउन १४–

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले चितवनस्थित आफ्नो आधिकारिक शोरुम मार्फत नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट विद्युतीय एसयूभी गाडी सार्वजनिक गरेको छ।

सार्वजनिकसँगै कम्पनीले ग्राहकलाई गाडी हस्तान्तरण (डेलिभरी) पनि सुरु गरेको जनाएको छ। नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा ल्याइएको इ.मास ५ आधुनिक प्रविधि, स्मार्ट डिजाइन र दैनिक प्रयोगलाई सहज बनाउने उद्देश्यका साथ नेपाली बजारमा ल्याइएको कम्पनीले जनाएको छ। हालै मलेसियाको ‘Allianz DSF Vehicle of the Year Awards 2026’ मा ‘Electric Compact Vehicle of the Year 2026’ उपाधि जित्न सफल यो गाडीमा रियर–ह्विल ड्राइभ RWD, रियर मल्टि–लिङ्क सस्पेन्सन, १४.६ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, ७० लिटरको फ्रङ्क र ३७५ लिटर क्षमताको बुट स्पेससहित अत्याधुनिक सुविधाहरू उपलब्ध छन्।

सार्वजनिक कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ओली, भरतपुर महानगरपालिका–१२ का वडा अध्यक्ष लेखराज पन्त, संघका उपाध्यक्ष राजन पिया, चितवन अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मीलगायतको सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्रीले आधुनिक प्रविधि, उत्कृष्ट सुरक्षा, व्यावहारिक डिजाइन र आकर्षक मूल्यका कारण प्रोटोन इ.मास ५ चितवनका ग्राहकहरूको पहिलो रोजाइ बन्ने विश्वास व्यक्त गरे। उनले विश्वस्तरीय विद्युतीय सवारी नेपाली बजारमा उपलब्ध गराउँदै दिगो यातायातको विस्तारमा योगदान दिन पाउँदा गर्व लागेको बताए।

कम्पनीका अनुसार प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। चितवन सार्वजनिककरणको अवसरमा प्राइम भेरियन्टको विशेष सुरुवाती मूल्य रु. २९.९९ लाख र प्रिमियम भेरियन्टको रु. ३४.९९ लाख तोकिएको छ। यी विशेष मूल्य पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। इच्छुक ग्राहकहरूले चितवनस्थित प्रोटोन शोरुममा गाडीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ तथा बुकिङ गर्न सक्नेछन् भने डेलिभरीसमेत सुरु भइसकेको कम्पनीले जानकारी दिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>