हेटौँडा

गोरक्षेश्वर धाममा भजनकीर्तन एवं गङ्गा आरती

Banner

बागमती, साउन १२ –

हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर धाममा आज भजनकीर्तनसहित गङ्गा आरती गरिएको छ ।

गोरक्षेश्वर धाम क्षेत्र विकास समितिको आयोजनामा विगत १५ वर्षदेखि हरेक महिनाको अन्तिम सोमबार गङ्गा आरती हुँदै आएकामा २०८० देखि साउन महिनाका सबै सोमबार पनि भजनकीर्तनसहित गङ्गा आरती गरिँदै आइएको छ ।

गोरक्षेश्वर धामलाई यस क्षेत्रको विशिष्ट धार्मिक केन्द्रका रुपमा विकास गर्नेगरी समिति निरन्तर लागिरहेको समितिका अध्यक्ष उत्तम शर्मा ढकालले जानकारी दिनुभयो ।

विसं २०४४ मा स्थापित यस मन्दिर परिसरमा विशाल हनुमानको मूर्ति, शनिको मूर्ति धर्मशाला, संस्कृत वेद विद्यालय आदि छन् ।
बालाचर्तुदशीमा विशेष मेला लाग्ने यस धाममा विभिन्न महत्वपूर्ण तिथिमिति र पर्वमा हेटौँडा र आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा दर्शनार्थी आउने गरेको अध्यक्ष ढकालले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>