धार्मिक/सांस्कृतिक

हेटौँडाका शिवालयहरूमा दर्शनार्थीको चाप

Banner

बागमती, साउन ११ –

साउनको दोस्रो सोमबार आज हेटौँडा क्षेत्रका शिवालयहरूमा बिहानैदेखि दर्शनार्थीको चाप देखिएको छ । हेटौँडास्थित भुवनेश्वर पशुपति मन्दिरसहित विभिन्न शिवालयका साथै अन्य मन्दिर तथा शक्तिपीठहरूमा रहेका शिव मन्दिरहरूमा दर्शनार्थीको चाप देखिएको हो ।

हेटौँडा क्षेत्रमा रहेका भुटनदेवी, गोरक्षधाम क्षेत्रलगायत विभिन्न मठमन्दिर परिसरमा शिवालयहरू रहेका छन् । हरेक वर्ष साउनको सोमबार मन्दिरमा दर्शनार्थीहरूको भीड हुने गरेको भुवनेश्वर पशुपति मन्दिरका पुजारी पवन घिमिरेले जानकारी दिनुभयो ।

साउनको दोस्रो सोमबार भएका कारण आज बिहानैदेखि मन्दिरहरूमा दर्शनार्थीहरू लामबद्ध बनी पूजाआजामा सहभागी बनेका छन् । दर्शनार्थीको चापसँगै मन्दिर परिसरमा बेलपत्र, फूलपत्रका साथै फलफूलको व्यापार पनि बढेको छ । साउनको सोमबार गरिने भगवान् शिवको पूजाआराधनालाई पूर्वीय धर्मशास्त्रहरूमा विशेष महत्व दिइएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>