चितवन विशेष

१२ कक्षा उत्तीर्ण विद्यार्थी लक्षित जीएसटी कलेजले ‘लन्च प्याड–२’ गर्ने

Banner

चितवन, साउन ५–

चितवनको रत्ननगर–१ निपनीमा रहेको जिएसटी कलेजले कक्षा १२ उत्तीर्ण विद्यार्थी लक्षित दोस्रो संस्करणको ‘लन्च प्याड’ कार्यक्रम आयोजना गरेको छ ।

यही साउन १० गते निपनीमा रहेको होटल स्टार चितवनमा ‘From Brain Drain to Brain Gain: The Rise of Gen-Z in Nepal’ विषय केन्द्रीत कार्यक्रम आयोजना गरेको हो । कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई उत्सव मनाउने उद्देश्य अनुरुप यो कार्यक्रम आयोजना गरिएको कलेजका प्रिन्सिपलले जानकारी दिए ।

यो कार्यक्रम विद्यार्थीहरुका लागि प्रेरणा, करियर मार्गदर्शन तथा नयाँ संभावनाहरुको उत्कृष्ट अवसर बन्ने कलेजका प्रवन्ध निर्देशक दिवस मैनाली बताउँछन् । बीबीए अध्यापन गराउँदै आइरहेको यस कलेजमा साउन १७ गते प्रवेश परीक्षा तोकिएको छ । यसै कार्यक्रमबाट पनि विद्यार्थीहरुले तत्कालै भर्ना गर्न सक्ने व्यवस्था मिलाईएको मैनालीले बताए ।

विहान ११ बजेदेखि सुरु हुने कार्यक्रममा अन्तरक्रियान्तमक बहस, छलफलसंगै मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरु समेत हुनेछन् । पछिल्लो समय नेपालमै विद्यार्थीहरुको भविष्य उज्जवल रहेको सन्देश दिन पनि यो कार्यक्रम गरिएको कलेजका अध्यक्ष हरिशरण पाठकलले बताए । उनले नेपालमै पढौं भन्ने उद्देश्य राखेर कलेजले काम गरिरहेको भन्दै व्यवहारिक सिकाई, उद्योगसंगको सहकार्य, इन्टर्नसिप, नेतृत्व विकास तथा उद्यमशीलता अभिवृद्धिलाई विशेष प्राथमिकता दिइएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>