देश/प्रदेश
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७५५ जनालाई कारबाही
०

काठमाडौं,साउन ४ –
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७५५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ ९मापसे० सेवन गरी सवारी चलाउने १५, राइड सेयरिङमा ५२, रातोबत्तीमा ४० जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ८३, हर्न निषेधमा २३, सडक फुटपाथमा २६, अवस्था ठिक नभएको २६ र एकतर्फीमा २५ जना र अन्यमा ४६५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























