देश/प्रदेश

एक हजार २५० मेट्रिकटन मल सोमबार आयात हुँदै

Banner

 

काठमाडौँ, ३ साउनः 

कृषि वन तथा पर्यावरण मन्त्रालयले एक हजार २५० मेट्रिकटन डिएपी रासायनिक मल सोमबार नेपाल आइपुग्ने जनाएको छ ।

‘ग्लोबल टेन्डर’मार्फतबाट खरिद गरिएको ३० हजार मेट्रिकटक डिएपी मल भारतको कोलकाता बन्दरगाहमा जुलाई १० मा आइपुगेको थियो । सो मलमध्ये एक हजार २५० मेट्रिकटन मल यही साउन १ गते नेपालतर्फ ढुवानी सुरु भएको थियो । बाँकी मल हाल कोलकाता बन्दरगाहमै प्याकेजिङ (ब्यागिङ) को काम भइरहेको जनाइएको छ ।

प्याकेजिङ सम्पन्न भएसँगै मल क्रमशः नेपाल भित्रने कृषि वन तथा पर्यावरणमन्त्रीको सचिवालयले जनाएको छ । मल आपूर्तिको व्यवस्थापन कृषि सामग्री कम्पनीबाट हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>