देश/प्रदेश

तुलसीपुर उपमहानगरमा १५ किलोमिटर सडक कालोपत्र

Banner

दाङ, साउन ३-

तुलसीपुर उपमहानगरपालिकाले गत आर्थिक वर्षमा १५ किलोमिटर सडक कालोपत्र गरेको छ ।

उपमहानगरपालिका कार्यालयका अनुसार वडा नं ४ रक्षाचौरको चारबाटो चोकदेखि एक्लेवरसम्म दुई किलोमिटर, बाससोतादेखि मटेरासम्म ५५९ मिटर र राप्ती राजमार्गदेखि पिलीबोटसम्म दुई किलोमिटरसहित सडक कालोपत्र गरिएको हो ।

यसैगरी, नौ हजार ९५८ मिटर पक्की नाला, तीनवटा वडा कार्यालय भवन, एउटा स्वास्थ्य चौकी भवनको तला थप, एउटा माध्यमिक विद्यालयको आठकोठे र अर्को एउटा प्राथमिक विद्यालयको दुईकोठे भवन निर्माण भएको छ ।

गत आवमा नै व्यवस्थित हाटबजारस्थल निर्माण र रातामाटा सिँचाइ कुलो निर्माण भएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>