देश/प्रदेश

‘एक मुट्ठी भोक’ सार्वजनिक

Banner

भद्रपुर (झापा), साउन ३-

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती मनाउने सन्दर्भमा शनिबार चन्द्रगढीमा देवेन्द्रकिशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ लोकार्पण भएको छ ।

नेपाली साहित्य परिषद्को आयोजनामा भएको कार्यक्रममा समालोचक गङ्गाप्रसाद अधिकारीले उक्त कविता सङ्ग्रह विमोचन गर्दै कवि ढुङ्गानाले समाजमा व्याप्त कुरीति र अन्यायविरुद्ध प्रतिरोध गर्नुभएको बताउनुभयो ।

साहित्यकार चूडामणि वशिष्ठले श्रमजीवी समुदायका पीडा, अभाव र मानवीय संवेदनालाई जीवन्त रूपमा कवितामा व्यक्त भएका बताउनुभयो ।

ढुङ्गानाको यो दोस्रो कृति हो । यसअघि उहाँको ‘तुँवालोले ढाकेको आकाश’ लघु उपन्यास पाठकमाझ आइसकेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>