खेलकुद

फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपको तेस्रो स्थानमा

Banner

काठमाडौँ, साउन ३ –

फिफा विश्वकप २०२६ अन्र्तगनको खेलमा फ्रान्सलाई पराजित गर्दै इङ्गल्याण्डले तेस्रो स्थान हासिल गरेको छ ।

आइतबार बिहान सम्पन्न खेलमा फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।

इङ्गल्याण्डको ऐतिहासिक जितमा जर्सी नम्बर ७ का स्ट्राइकर बुकायो साका नायक बने । साकाले खेलको ३७औं, ४५औं र ८७औं ९पेनाल्टी० मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरे । इङ्गल्याण्डका लागि खेलको तेस्रो मिनेटमै डिक्लान राइसले सुरुवाती गोल गरेका थिए ।

खेलको १८औं मिनेटमा राइसकै उत्कृष्ट असिस्टमा डिफेन्डर एज्री कोन्साले दोस्रो गोल गरेका थिए ।

खेलको अन्तिम समयमा फ्रान्सले लगातार गोल फर्काएर दबाब सिर्जना गरे पनि थपिएको समयको आठौं मिनेट अर्थात् ९०÷८ औं मिनेटमा जुड बेलिङ्ंघमले गोल थप्दै इङ्गल्याण्डको ६—४ को ऐतिहासिक जित पक्का गरे ।

यो जितसँगै इङ्गल्याण्डले विश्वकपको तेस्रो स्थान हासिल गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>