देश/प्रदेश

जयन्दु बालसुधार गृहमा वृक्षरोपण

Banner

नेपालगञ्ज, साउन २ –

बास नेपाल नामक संस्थाको सक्रियतामा बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृह परिसरमा केराका बिरुवासहित विभिन्न प्रजातिका बहुउपयोगी फलफूल तथा वनस्पति रोपिएको छ ।

सरोकारवाला पक्षसँग समन्वय गरी हरियालीसँगै सकारात्मक सोच र वातावरण संरक्षणको सन्देश दिने र साउन महिनालाई हरित महिनाको रुपमा मनाउने उद्देश्यले वृक्षरोपण गरिएको बास नेपालले जनाएको छ । सो अवसरमा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रत्न खत्रीले वृक्षरोपणको सुरुआत गर्दै वातावरण संरक्षण, जलवायु परिवर्तन न्यूनीकरण, हरित विकाससहित भावी पुस्ताका लागि हरेक नागरिकले वर्षमा कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

बालसुधार गृहका जग्गादाता एवं संरक्षक एसके सिंहले वृक्षरोपणबाट बालबालिकामा प्रकृतिप्रतिको माया, जिम्मेवारी र अपनत्वको भावना जागृत गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले १३ देखि १८ वर्षसम्मका १७५ जना बालकले आश्रय लिइरहेको जयन्दु सुधारगृह परिसरको क्षेत्रफल करिब चार बिघा रहेको जानकारी दिनुभयो ।

जिल्ला वन डिभिजन कार्यालय, बाँकेको सहयोगमा १०० केराका विरुवासहित पारिजात, कटहर, सितलचिनी, कल्कीलगायतका बहुउपयोगी तथा वातावरणीय दृष्टिले महत्वपूर्ण बिरुवा आज सुधारगृह परिसरमा रोपिएका थिए ।

वृक्षरोपण कार्यक्रममा नागरिक समाज नेपालगञ्जका संयोजक कृष्णप्रसाद श्रेष्ठ, लाइन्स क्लबका पूर्वगभर्नर मधुसूदन शर्मा, नेपाल रेडक्रस सोसाइटीका पूर्वकेन्द्रीय महामन्त्री मीनबहादुर मल्ल, लुम्बिनी प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष हंश खनाल, अन्तरालका अध्यक्ष जयनारायण शाह, बास नेपालका अध्यक्ष शिवकुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, हेमराज भट्ट, हरित अभियन्ता तथा बासका वातावरण विभाग संयोजक हेमन्तराज काफ्लेलगायत सहभागी हुनुहन्थ्यो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>