देश/प्रदेश

काठमाडौं कोरा च्यालेन्ज २०२६ मा करिब ४ हजार साइकलयात्री सहभागी

Banner

काठमडौँ, साउन २-

नेपालकै सबैभन्दा ठूलो सामुदायिक तथा च्यारिटी साइकलिङ अभियान काठमाडौं कोरा च्यालेन्ज २०२६ शनिबार सम्पन्न भएको छ। पाटन दरबार स्क्वायरबाट सुरु भएको अभियानमा करिब ४ हजार साइकलयात्री सहभागी भएका थिए।

सहभागीहरूले ५०, ७५, १०० र १६५ किलोमिटरका विभिन्न रुट पूरा गर्दै नगबहालमा यात्रा सम्पन्न गरेका हुन्। शिक्षा, वातावरण संरक्षण, स्वस्थ जीवनशैली र दिगो यातायात प्रवर्द्धनलाई अभियानको मुख्य उद्देश्य बनाइएको आयोजकले जनाएको छ।

समापन समारोहमा सहभागीलाई पदक वितरण गर्नुका साथै सांस्कृतिक कार्यक्रम र बालबालिकाका लागि ‘किड्स कोरा’ समेत आयोजना गरिएको थियो।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>