देश/प्रदेश

धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ

Banner

जनकपुरधाम, साउन २-

विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक सातामा १२५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष अभियान सञ्चालन गरेको जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार गत असार २५ देखि साउन १ गतेसम्मको अवधिमा कैद तथा जरिवानाको सजाय तोकिएपछि फरार रहेका १२५ जना प्रतिवादी पक्राउ परेका हुन् ।

उहाँका अनुसार असार २५ गते १०, असार २६ गते २६, असार २८ गते २२, असार २९ गते २८, असार ३० गते १४, असार ३१ गते १४ र साउन १ गते ११ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । पक्राउ परेका सबै प्रतिवादीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।

धनुषा प्रहरीले अदालतको फैसला प्रभावकारी रूपमा कार्यान्वयन गर्न फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>