समाचार

पिडीखोलामा गोठ भत्किँदा धनबहादुरको मृत्यु

Banner

वालिङ (स्याङ्जा), असार ३२ –

स्याङ्जाको गल्याङ–६ पिडीखोलामा गोठ भत्किँदा एकको मृत्यु भएको छ ।

भैँसी तथा बङ्गुरलाई कुडोपानी दिनेक्रममा आज विहान अचानक गोठ भत्किँदा पातीखर्क वनपालेका ६५ वर्षीय धनबहादुर रेश्मीको मृत्यु भएको वडाध्यक्ष दीपछिरिङ गुरुङले जानकारी दिनुभयो ।

गोठले पुरिँदा चौपाया समेत मरेका जनाइएको छ । वर्षाका कारण पुरानो गोठ भत्किएको हुनसक्ने वडाध्यक्ष गुरुङले बताउनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>