देश/प्रदेश
उच्च शिक्षा अध्ययन गर्नेलाई छात्रवृत्ति
०

फुङ्लिङ (ताप्लेजुङ), असार ३१ –
फक्ताङलुङ गाउँपालिकाले उच्च शिक्षा अध्ययन गर्ने सबै विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
विगत चार वर्षदेखि पालिकाले उच्च शिक्षा हासिल गर्ने कक्षा ११ र १२ तथा स्नातक तह अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको हो ।
यसवर्ष भने १३५ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको गाउँपालिकाका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । पालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा रु १९ लाख ६१ हजार ४०० बजेट छात्रवृत्तिका लागि विनियोजन गरेको थियो ।
अध्यक्ष लिम्बूले भन्नुभयो, “विभिन्न कारणले पढाइ स्थगित गरेका विद्यार्थी समेतले पढाइलाई पुनर्जीवित गर्न छात्रवृत्ति उपयोगी बनेको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>



















