देश/प्रदेश

सामाजिक विकास कार्यालय जुम्लाको पुँजीगत खर्च ९३ प्रतिशत

Banner

जुम्ला, असार ३१ –

सामाजिक विकास कार्यालय जुम्लाले चालु आर्थिक वर्षमा पुँजीगत बजेटको ९३ प्रतिशत खर्च गरेको छ ।

मङ्गलबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख टोपबहादुर बुढाले चालुतर्फको कुल बजेटको ८३ प्रतिशत र सङ्घीय ससर्त अनुदानतर्फको कुल विनियोजित बजेटको ७३ प्रतिशत खर्च भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयको कुल बजेट रु १० करोड १८ लाख ४८ हजारमध्ये करिब रु नौ करोड तीन लाख खर्च भएको छ । समग्रमा करिब ९० प्रतिशत वित्तीय प्रगति हासिल भएको उहाँले बताउनुभयो ।

भौतिक पूर्वाधार निर्माणतर्फ २० वटा विद्यालय भवनमध्ये १९ वटा निर्माण सम्पन्न भएका छन् । चालु आर्थिक वर्षमा ४३ वटा कक्षाकोठा निर्माण सम्पन्न भएका छन् । त्यस्तै, छ वटा घेराबार, दुई वटा पर्खाल तथा अन्य ३४ वटा विकास आयोजनामध्ये ३३ वटा सम्पन्न भएको कार्यालय प्रमुख बुढाले जानकारी दिनुभयो ।

उच्च शिक्षातर्फ अपाङ्गता छात्रवृत्तिमा आठ, प्राविधिक छोरीबुहारी छात्रवृत्तिमा ३० र दलित छात्रवृत्तिमा पाँच गरी ४३ जना विद्यार्थी लाभान्वित भएको कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी तेजप्रसाद प्रसाईंले सहज सेवा प्रवाह र विकास निर्माणका काम जनताले प्रत्यक्ष महसुस गर्ने गरी अगाडि बढाउन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले सामाजिक क्षेत्रका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्न सुझाव दिनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>