देश/प्रदेश

पूर्वसचिव डा जोशीको निधन

Banner

काठमाडौँ, ३० असारः

नेपाल सरकारका पूर्वसचिव डा जीवगर जोशीको ७६ वर्षको उमेरमा आज निधन भएको छ । उहाँ केही समयदेखि मुटुसम्बन्धी समस्याले पीडित हुनहुन्थ्यो ।

काठमाडौँ महानगरपालिका–१३ ताहाचल निवासी जोशी नेपालका एक प्रमुख सहरी योजनाकार, दिगो विकासविद् तथा क्षेत्रीय योजनाकार हुनुहुन्थ्यो । सहरी विकास मन्त्रालयको सचिव एवं वातावरण मन्त्रालयको सहसचिवलगायतको जिम्मेवारी निभाउनुभएका डा जोशी पछिल्लोपटक पोखरा विश्वविद्यालयअन्तर्गतको स्कुल अफ इन्भाइरोन्मेन्टल म्यानेजमेण्टसँग आवद्ध हुनुहुन्थ्यो ।

पूर्वसचिव जोशीले अर्बन प्लानिङ इन नेपाल, हाउजिङ एण्ड अर्बन डेभलपमेण्ट इन नेपाल र रिजनल स्ट्रटजीज फर सस्टेनेबल डेभलपमेण्ट इन नेपाललगायतका पुस्तक लेख्नुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>