देश/प्रदेश

अग्नि नियन्त्रक र नगर प्रहरीलाई विपद् व्यवस्थापन तालिम

Banner

महेन्द्रनगर (धनुषा), असार ३०-

सशस्त्र प्रहरी बल नेपाल र जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरनगर प्रहरीलाई विपद् जोखिम न्यूनीकरण, खोज तथा उद्धार, प्राथमिक प्रतिकार्य विषयमा प्रशिक्षित तुल्याएको छ ।

उक्त बल र उपनगरपालिकाको समन्वयमा समुदायस्तरमा दक्ष जनशक्ति उत्पादन गर्न सञ्चालित विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम आज सम्पन्न भएको छ ।

तालिम समापन समारोहमा उपमहानगरपालिका प्रमुख मनोजकुमार साहले तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई समाज र राष्ट्रप्रतिको जिम्मेवारी वहन गर्ने सिलसिलामा उच्चतमरुपमा प्रयोग गर्न नगर प्रहरीलाई निर्देशन दिनुभयो ।

उहाँले विपद्को समयमा उद्धार, राहत, जनचेतना अभिवृद्धि, जोखिम न्यूनीकरण तथा सुरक्षा निकायसँग समन्वय गरेर काम गर्नसके जनधनको क्षति घटाउन सकिने धारणा राख्नुभयो ।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण बाढी, डुबान, आगलागी, चट्याङ, सडक दुर्घटनालगायतका विपद्का घटना बढ्दै गएकालेयस्ता तालिमले समुदायलाई विपद्सँग जुध्न सक्षम बनाउने बताउनुभयो ।

सशस्त्र प्रहरी उपरीक्षक भीमबहादुर विष्टले बलले सीमा सुरक्षा, शान्ति सुरक्षा, विपद् व्यवस्थापन, खोज तथा उद्धार र नागरिक सेवामा निरन्तर योगदान दिँदै आएको बताउनुभयो । तालिममा उपमहानगरपालिकामा कार्यरत ५ जना अग्नि नियन्त्रक र ११ जना नगरप्रहरी सहभागी हुनुहुन्थ्यो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>