देश/प्रदेश

आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित ,अवरुद्ध सडक खुलाउने प्रयास जारी

Banner

काठमाडौँ, असार ३० –

देशका विभिन्न भागमा भएको वर्षाका कारण आएको बाढी र पहिरोबाट आज मध्याह्नसम्म २१ वटा सडक प्रभावित भएका छन् ।

त्यसमध्ये तीन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएका छन् भने १८ वटा एकतर्फी रूपमा संचालनमा आएको सडक विभागको तथ्याङ्कमा उल्लेखछ । विभागका अनुसार पहिरोका कारण कोशी रोजमार्ग,कान्तिराजपथ, मेचीराजमार्ग र बुर्तीबाङ–ढोरपाटन राजमार्गको केही स्थान अवरुद्ध भएको छ ।

विभागका सूचना अधिकारी शुभाञ्जन दाहालले पहिरोकाकारण सडक अवरूद्ध सडक खुलाउन सम्बन्धित कार्यलयले पहिरो पन्छाउने कार्य गरिरहेको जानकारी दिनुभयो । जल तथा मौसम विज्ञान विभागले मुलुकको विभिन्न स्थानमा आज पनि भारी वर्षा हुने भएकाले आवश्यक सतर्कता अउनाउन अनुरोध गरेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>