देश/प्रदेश

जनकपुरधाम उपमहानगरले ल्यायो २ अर्व ६५ करोड २० लाख ३२ हजारको बजेट

Banner

जनकपुर, असार २९-

जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि २ अर्व ६५ करोड २० लाख ३२ हजार रुपैयाँको बजेट ल्याएको छ ।

सोमबार उपमहानगरपालिकाको सभाहलमा १५ औं नगरसभा सम्पन्न गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले नीति तथा कार्यक्रमसहित बजेटबारे जानकारी दिएका छन् ।

मेयर साहले अबको बजेटमा पर्यटन प्रवद्र्धन र सरसफाईलाई विशेष प्राथमिकतामा राखिएको जानकारी दिए ।

उनका अनुसार बजेटमा आन्तरिक स्रोत तर्फ करिब २० करोड, नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदान तर्फ ३० करोड ५९ लाख, प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँट र सशर्ततर्फका आयोजनाहरुको रकम तथा चालू आ।व।मा बचत हुने रकमबाट उक्त बजेट खर्च व्यहोरिनेछ ।

यस आवमा एशियाली विकास बैंकबाट संचालन हुने शहरी उत्थानशिलता परियोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइने मेयर साहले जानकारी दिए ।

उनका अनुसार यस परियोजनाका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने स्रोतको साथै नगरविकास कोषबाट प्राप्त हुने ऋण सहयोगमा नगरपालिकाको तर्फबाट प्राप्त समेत शीर्षकगत रुपमा समायोजित कोषको व्यवस्था गरिने छ ।

आन्तरिक स्रोतबाट प्राप्त हुने रकमबाटै सो रकमको व्यवस्था गर्नुपर्ने भएकाले स्रोतमा केही चाप पर्न जाने मेयर साहले जानकारी दिए । उनले यस योजना सम्पन्न हुँदा नगरका सडक र नाला एवम सामाजिक संस्कृति थप व्यवस्थित हुने दाबी गरे ।

बजेट प्रस्तुत गर्नुअघि मेयर साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडाका वडासदस्यहरुले नीति तथा कार्यक्रममाथि प्रश्न उठाएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>