देश/प्रदेश
लागूऔषधसहित पाँच जना पक्राउ
०

विराटनगर, असार २९ –
कोशी प्रदेश प्रहरी कार्यालयले गाँजा र ब्राउन सुगरसहित लागूऔषध ओसारपसार गर्ने पाँच जनालाई आज पक्राउ गरेको छ ।
कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापा अनुसार, गौरादह नगरपालिका–१ का २६ बर्षीय बिशाल राई र उमेश राजवंशीलाई ५६० मिलिग्राम ब्राउन सुगर पक्राउ गरिएको छ ।
यसैगरी, सङ्खुवासभा खाँदबारी नगरपालिका–५ का ७० वर्षीय भीमबहादुर तामाङलाई उनकै घरबाट लुकाईछिपाई राखिएको पाँच किलो १०५ ग्राम गाँजासहित नियन्त्रणमा लिएको थियो ।
त्यसैगरी, दुहबीबाट खटिएको प्रहरी टोलीले मोरङको धनपालथान गाउँपालिका–१ का जमालउद्दीन मिया र इमदाद मियालाई १०७ ग्राम ४५ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ । रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























