Uncategorized

मिडिया कार्यालयअगाडि पार्क गरिएका गाडीमा सुरक्षा खतरा छैनः प्रवक्ता भट्टराई

Banner

काठमाडौं, असार २९-

अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा खतरा नरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकसँग कुरा गर्दै अनामनगरस्थित भाटभटेनी र कान्तिपुर पब्लिकेसन अगाडि पार्क गरिएका गाडीको निरीक्षण तथा जाँच गर्दा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री नभेटिएको जानकारी दिए ।

उनका अनुसार प्रहरीले गाडीभित्र कुनै सुरक्षा जोखिम हुने वस्तु भए नभएको जाँच गरेको थियो । जाँचका क्रममा त्यस्तो जोखिम नदेखिएपछि ती गाडीलाई अनधिकृत स्थानमा पार्किङ गरिएको कारण आवश्यक कारबाहीका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय बग्गीखानातर्फ पठाइएको छ ।

उनले भने,‘हामीले दुई किसिमले हेरेका थियौँ । गाडीमा कुनै शंकास्पद वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री छ कि छैन भनेर जाँच ग¥यौँ । तर त्यस्तो कुनै सुरक्षा खतरा देखिएन।’

उनले सार्वजनिक आवागमनमा अवरोध हुने गरी अनधिकृत रूपमा पार्किङ गरिएका कारण गाडी हटाएर ट्राफिक प्रहरी कार्यालय पठाइएको बताए ।

अनलाइनखबर, हिमालय टेलिभिजन अगाडिको गाडि पनि बग्गीखाना लैजाने तयारीमा रहेको उनले जानकारी दिए । न्यज बैंक

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>