देश/प्रदेश

डोलेश्वरमा श्रावणी मेलाको तयारी पूराः तीन लाख भक्तजन आउने अनुमान

Banner

भक्तपुर, असार २९-

प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा एक महिने श्रावणी मेलाको तयारी पूरा भएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वरमा ३८ दिनसम्म चल्ने श्रावणी मेलाको सम्पूर्ण तयारी पूरा भएको महादेव मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले राससलाई जानकारी दिनुभयो ।

मेला अव्धिभर तीन लाखबढी भक्तजन आउने अनुमान गरिएकाले सोहीअनुसारको व्यवस्थापन मिलाइएको छ । मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक घुइँचो लाग्ने तथा यसपटक भारतीय धार्मिक पर्यटकको सङ्ख्या वृद्धि हुने अनुमान गरिएको छ । मेलाभर एक महिनाको अवधिमा यस पटक रु एक करोड भेटी सङ्कलन हुने पूर्वानुमान गरिएको छ ।

मेलामा आउने दर्शनार्थीको स्वास्थ्यलाई ध्यानमा राखी मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।

मेलालाई व्यवस्थित र सुरक्षित तुल्याउन सिसी क्यामरा जडान, लाइन व्यवस्थापनका लागि स्वयंसेवक परिचालन, यातायातका सवारीसाधन व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखिएको उहाँले जानकारी दिनुभयो ।

केही वर्षयता डोलश्वर महादेव मन्दिरमा भारतीय पर्यटकको आगमनमा वृद्धि भएसँगै त्यस मन्दिर र श्रावणी मेलाको धार्मिक महत्वबारे अन्तरराष्ट्रियरुपमा समेत चर्चा हुन थालेको छ ।

समितिका महासचिव हरिशरण बस्नेतले मेलामा प्रत्येक सोमबार र शनिबार धार्मिक गुरुबाट धार्मिक प्रवचन तथा दैनिक रुपमा भजनकीर्तन हुनेछ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>