देश/प्रदेश

‘राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न आदिकविको योगदान महत्वपूर्ण’

Banner

गण्डकी,असार २९ –

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास तथा राष्ट्रिय एकताको सुदृढीकरणमा पुयाउनुभएको योगदान अतुलनीय र ऐतिहासिक रहेको बताउनुभएको छ ।

दुई सय१३औँ भानु जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले भानुभक्तले नेपाली भाषामा अनुवाद गर्नुभएको रामायणसहित भक्तमाला, वधूशिक्षा, रामगीतालगायतका कृतिहरूले नेपाली भाषालाई समृद्ध बनाउनुका साथै विभिन्न भूगोल, समुदाय र संस्कृतिलाई भाषिक सूत्रमा आबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह उल्लेख गर्नुभएको छ ।

“आदिकविका सृजनाले राष्ट्रिय पहिचान, सांस्कृतिक चेतना र नेपालीपनको भावलाई अझ सुदृढ बनाएको छ, संस्कृत भाषामा सीमित रहेको रामायणलाई नेपाली भाषामा अनुवाद गरी जनसाधारणसम्म पु¥याउने उहाँको कार्यले नेपाली भाषाको श्रीवृद्धि मात्र होइन, राष्ट्रिय एकताको भावना अभिवृद्धि गर्न पनि महत्वपूर्ण योगदान पु¥याएको छ”, मुख्यमन्त्री पाण्डेद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पु¥याउनुभएको योगदानलाई उच्च सम्मान गर्दै भानु जयन्तीका दिन गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ । यस अवसरमा आदिकविले देखिएको भाषा, साहित्य, संस्कृति र राष्ट्रिय एकताको मार्गलाई आत्मसात् गर्दै समृद्ध, सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न मुख्यमन्त्री पाण्डेले सबैमा आग्रह गर्नुभएको छ ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>