देश/प्रदेश

गोदावरी नदीबाट एक जनाको उद्धार

Banner

कैलाली, २८ असारः 

कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको प्रहरीले आज उद्धार गरेको छ ।

गोदावरी नदीको बीच भागमा फसेका बर्दगोरिया गाउँपालिका–१ का ३३ वर्षीय अपिल मल्लको उद्धार गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरीक्षक हिरासिंह महराले जानकारी दिनुभयो ।

नदीको बीच भागमा फसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लगत्तै प्रहरीले मल्लको उद्धार गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>