देश/प्रदेश
आज मिति २०८३ साल असार २९ गते सोमबार, यस्तो छ आजको तपाईको राशिफल

चितवन, असार २९-
वि.सं.२०८३ साल असार २९ गते सोमबार, यस्तो छ ज्योतिषी भुपेन्द्र राज घिमिरेले तयार पार्नुभएको राशिफलः
मेषः
रमाइलो यात्राको योग रहेको छ । नोकरी, व्यवसाय तथा अध्ययनको मार्ग शुभ रहेकाछन् । प्रविधि र सञ्चारको माध्यमबाट दैनिकी सहज हुनेछ । रमाइलो जमघटका बिच स्वादिष्ट भोजनको अवसर समेत मिल्नेछ ।
वृषः
मानसिक तथा शारिरीक समस्या आउनेछ । अनावश्यकरुपमा नसोचेको काममा धनक्षय हुनेछ । स्वस्थ प्रतिकूल हुन सक्नेछ, तर आत्मबल बढाएर काम गरेमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।
मिथुनः
स्वादिष्ट भोजनको अवसर जुट्नेछ । उपहार(गिफ्ट) समेत प्राप्तहुने योग रहेको छ । प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ । उद्योग तथा व्यापार व्यवसाय फस्टाउने छ ।
कर्कटः
काम कारोवारी एवं व्यवसायीहरुलाई आजको दिन त्यति फलदायी हुनेछैन । चोटपटक लाग्ने संभावना उच्च रहेकाले सावधान रहनुहोला । भरिसक्के नयाँ कामहरु सुरु नगर्नु नै उचित देखिन्छ ।
सिंंहः
काममा सफलता मिल्नाले मन प्रसन्न रहनेछ । विद्यार्थी तथा व्यवसायीहरुका लागि दिन सफल रहला । स्थानान्तरण र सफल यात्राको सम्भावना छ । पुरानो समस्या सुल्झाउन सकिनेछ ।
कन्याः
आजको दिन रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । साथभाई इष्टमित्रहरुबाट साथसहयोग मिल्नेछ । भगवान प्रति भक्तिभाव बढ्नेछ । रमाइलो यात्रा हुनसक्ने दिन रहेको छ ।
तुलाः
शैक्षिक कार्यमा अवरोध आउला । यात्राको सम्भावना देखिन्छ । कृषि सम्बन्धि कार्यबाट सन्तोष हुनेछ । व्यर्थको वाद–विवादबाट भने जोगिनु पर्ने दिन रहेको छ ।
बृश्चिकः
अकस्मात धनहानीको योग रहेको छ । नोकरी तथा व्यापार व्यवसायमा समस्या आउनेछ । गोप्य रहस्य पत्ता लाग्नेछ । काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ ।
धनुः
मान सम्मान मिल्नेछ । शिक्षा तथा स्वास्थ्यका दृष्टिले दिन राम्रो रहेको छ । नसोचेको धन लाभ हुन सक्ने योग छ । पारिवारिक विषयवस्तुमा कुनै विवाद चलिरहेको थियो भने सुल्झिने समय पनि रहेको छ ।
मकरः
शैक्षिक कार्य सफल हुनेछ । उद्योग, व्यापार, व्यवसाय फस्टाउनेछ । विरोधिहरु किनारा लाग्नेछन् । पशुपालन वा कृषि क्षेत्रबाट लाभ आर्जन गर्न सकिने छ ।
कम्भः
धनसम्पत्ती तथा पेय पदार्थको नोक्सानी हुने योग छ । पारिवार तथा सन्तान सुख कम हुनेछ । आजका दिन कार्यक्षेत्रमा सकेसम्म कुनै पनि कार्य अधुरो नछोड्नुहोला ।
मीनः
शरीरमा आलस्यता उत्पन्न हुनेछ । व्यापार सन्तोषजनक हुने छैन । ईष्र्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्नेछन् । बेसुरमा वचन दिने बानीले समस्या निम्त्याउला ।




























