देश/प्रदेश

मधेश प्रदेश सभामा निरन्तर अवरोध पछि समस्या समाधान गर्न सर्वदलीय कार्यदल गठन

Banner

जनकपुर, असार २८-

मधेश प्रदेश सभामा बजेट पुनर्लेखन लगायतका मागहरु राख्दै विपक्षी दलहरुले निरन्तर अवरोध गरे पछि समस्या सामाधान गर्नका निम्ति सर्वदलीय कार्यदल गठन गरिएको छ ।

आज बसेको बैठकमा सभामुख राम अशिष यादवले सर्वदलीय कार्यदल गठन गरिएको जानकारी गराएका छन् । सात जना सांसदहरु रहेको यस कार्यदलमा जसपा सांसद उपेन्द्र महतो, सांसद हरिन्द्र नारायण महतो, सांसद प्रमोद कुमार यादव, सांसद सन्जय कुमार यादव, सांसद बिमला अन्सारी, सांसद सरिता कुमारी ठाकुर र सांसद जंगीलाल राय रहेका छन्। कार्यदलले आफ्नो कार्यविधि आफै बनाउने सभामुखले जानकारी दिए । कार्यदलले आजकै दिनदेखि काम गर्ने जनाइएको छ भने भोली (सोमबार) विहान कार्यदलको पहिलो बैठक पनि डाकिएको छ ।

मधेश प्रदेश सभामा आगामि वर्षको बजेट प्रस्तुत भएदेखि विपक्षी दलहरुले बजेटमा व्यापक असन्तुष्टि जनाउँदै पुनर्लेखनको मागसहित बैठक अवरुद्ध गर्दै आएका छन् । आज गठन भएको कार्यदलले असन्तुष्ट दलहरुसंग समन्वय गर्नुका साथै बजेटमा भनिएका त्रुटीहरुको समाधानका निम्ति सहमतीको वातावरण मिलाउने छ । प्रदेश सभाको बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>