चितवन विशेष

चितवनमा लागू औषधसहित दुई जना पक्राउ

Banner

चितवन, असार २८-

चितवनको भरतपुर महानगरपालिका–८ सल्यानीटोलबाट लागू औषध कारोबारमा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार भरतपुर–८ निवासी ३१ वर्षीय प्रकाश मोक्तानले लागू औषधको कारोबार गरिरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी गोन्द्राङबाट खटिएको टोलीले छापा मारेर उनलाई पक्राउ गरेको हो। घटनास्थलबाट भरतपुर–१२ निवासी २७ वर्षीय गोविन्द गैरेलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरूको साथबाट ४.९२ ग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ, ट्रामाडोलका २० वटा ट्याब्लेट, नगद रु. ६० हजार १०० तथा एक थान दाउ बरामद गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>