देश/प्रदेश

ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा डङ्गोल विजयी

Banner

काठमाडौँ, असार २८-

ठमेल क्षेत्रभित्रका व्यवसायी तथा घरधनीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा राजुमान डङ्गोल विजयी हुनुभएको छ ।

परिषद्को आज सम्पन्न निर्वाचनमा डङ्गोलले प्रश्रय राजभण्डारीलाई पराजित गर्नुभएको निर्वाचन अधिकृत हरिप्रसाद पङ्गेनीले जानकारी दिनुभयो । डङ्गोलले ७२८ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी राजभण्डारीले ३६५ मत प्राप्त गर्नुभएको थियो ।

परिषदल्को प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ ९दावा० तामाङ, तृतीय उपाध्यक्षमा रमेश थापा विजयी हुनुभएको छ ।

महासचिवमा पशुपति कँडेल ७२० मत ल्याई विजयी हुनुभएको छ । उहाँका प्रतिष्पर्धी पुण्यराम लागेजुले ३३३ मत प्राप्त गर्नुभयो ।

कार्यसमितिको सचिवमा दिलिप कँडेल, कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) विजयी हुनुभएको निर्वाचन अधिकृत पङ्गेनीले बताउनुभयो ।

यस्तै, सदस्यहरुमा सुरेन्द्र डङ्गोल, बालकृष्ण खनाल, सानुकाजी महर्जन, रोशन प्रधान (श्रेष्ठ), विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाईँ र चन्द्रा तामाङ विजयी हुनुभएको छ ।

आगामी दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा कुल एक हजार ३०९ मतदाता रहेको परिषद्को निर्वाचनमा एक हजार २२५ मत खसेको थियो । निर्वाचनपछि सञ्चारकर्मीसँग कुरा गर्दै नवनिर्वाचित अध्यक्ष डङ्गोलले सुरक्षित र व्यवस्थित ठमेल निर्माणमा आफ्नो ध्यान केन्द्रीत हुने बताउनुभयो ।

उहाँले पछिल्लो समय अन्तरराष्ट्रिय पर्यटक केन्द्र ठमेललाई प्रविधिसँग जोडेर अगाडि बढ्ने बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>